जापानबाट फर्किएकै दिन भत्कियो सपना, मृत्यु जितेर सर्वोच्च शिखरमा
May 25, 2025 | स्वास्थ्य

त्यसदिन ३०० आरोहीमध्ये ४० जनाले मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यही ४० मध्ये एक थिए, पेम्बा । विश्वकै अग्लो टाकुरो टेक्ने लक्ष्यसहित पेम्बा शेर्पा ‘क्याम्प फोर’ बाट उक्लिए । यतिबेला रातको ८ बजेको थियो । २०८२ वैशाख ३० गतेको कुरा हो ।
पेम्बाका निम्ति सहासिक कीर्तिमान रच्ने पाइला मात्र थिएन यो, जिन्दगीकै बाजी थियो । किनभने मिर्गौला प्रत्यारोपण गरेको शरीर लिएर उनी हिमाली कठोरतासँग संघर्ष गरिरहेका थिए ।
उनी सगरमाथातर्फ उक्लिरहेका ३०० आरोहीको लस्करमा मिसिए । ११ घण्टाको संघर्षपूर्ण यात्रापछि सर्वोच्व शिखरमा पाइला टेके । यतिबेला बिहानको ९:३० बजेको थियो ।
त्यसदिन ३०० आरोहीमध्ये ४० जनाले मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यही ४० मध्ये एक थिए, पेम्बा ।
तीन वर्षअघि पेम्बासँग यस्तो सहास, जोश, उर्जा थिएन । किनभने त्यसबेला उनले हप्तामा ३–४ पटक डायलासिस गराउनुपर्थ्यो । रगतमा हेमोग्लोबिनको मात्रा ५ मा झरेको थियो, जुन १२ भन्दामाथि हुनुपर्छ ।
शौचालय जाँदा अरुले बोकेर लैजानुपर्थ्यो । दुईचार पाइला चाल्न पनि सहारा चाहिन्थ्यो । मिर्गौला प्रत्यारोपण गर्ने पालो छिटो आयो भने अलि वर्ष बाँच्छु कि भन्ने आशा बोकेर कठिन दिनहरू काटिरहेका थिए ।
May 25, 2025
सम््धित खबर

१८ वैशाख, काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम...

शान्त रहने व्यक्ति अचानक सानो कुरामा रिसाउने, दिक्क हुने, झर्किने र अँध्यारो मुख लगाउने हुँदै गएमा ज...

वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ,...

सिंगापुर, जेठ ७ गते । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्त...










