मधुमेहले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?
May 25, 2025 | स्वास्थ्य

शान्त रहने व्यक्ति अचानक सानो कुरामा रिसाउने, दिक्क हुने, झर्किने र अँध्यारो मुख लगाउने हुँदै गएमा जो कोही पनि छक्क पर्न सक्छ । यदि सो व्यक्ति लामो समयसम्म मधुमेहको समस्याबाट गुज्रिरहेको छ भने त पक्कै पनि यसको प्रभाव परेको हुनसक्छ ।
सामान्यतया रगतमा ग्लुकोजको मात्रा बढी हुने अवस्था मधुमेह हो । जसरी मधुमेह भएकाहरूमा यसको मात्रा बढी भएमा अंगहरु क्षति हुने, मोटोपन, मुटुसम्बन्धी लगायतको जोखिम हुन्छ । ठीक सोही प्रकारले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्छ ।
कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?
मधुमेह र मानसिक स्वास्थ्यबीचको सम्बन्धलाई बुझ्न दुवै पक्षको गहिराइमा जान आवश्यक छ । मधुमेह भएका कतिपय व्यक्तिलाई तनावले घेर्छ । किनकि, एकातर्फ यो औषधि उपचारपछि पुन: रूपमा ठीक हुने रोग होइन । यसलाई नियन्त्रण गर्नुपर्छ ।
मानसिक समस्या भएकालाई मधुमेहको जोखिम
चिन्ता, तनाव वा अवसाद जस्ता मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले पनि बिस्तारै खानपान तथा जीवनशैलीमा ध्यान दिन सक्दैनन् । कम शारीरिक गतिविधि, खानपानको तालमेल नमिल्नु, एकोहोरिनु, अनियमित निद्रा जस्ता समस्या उनीहरूले अनुभव गर्न सक्छन्, जसले मधुमेहको जोखिमलाई बढाउँछ । साथै, उनीहरूमा अनावश्यक चिन्ता लगातार बढ्दा कोर्टिसोल हर्मोनको मात्रा अत्यधिक बढ्छ ।
फलस्वरुप, हर्मोनल सन्तुलनमा प्रभाव पार्न सक्छ, जसले बल्ड सुगरको नियमन तथा नियन्त्रणमा समस्या ल्याउँछ ।
यौन जीवनमा प्रभाव
मधुमेह अत्यधिक मात्रामा बढिरहेको छ भने यौन जीवनलाई समेत प्रभावित पार्न सक्छ । महिलामा योनीमा सुक्खापन, पुरुषमा उत्तेजना कम हुनु वा शीघ्र स्खलन हुने समस्या भएमा उनीहरू यौन जीवनमा खुसी हुन सक्दैनन् । यही सोचले पनि उनीहरूमा बिस्तारै मानसिक समस्याले सताउन सक्छ ।
सेन्टर अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अनुसार मधुमेह भएकालाई मधुमेह नभएकाहरूको तुलनामा दुईदेखि तीन गुणा बढी डिप्रेसन हुने सम्भावना हुन्छ । तीमध्ये २५ देखि ५० प्रतिशतमा मात्रै डिप्रेसनको पहिचान र उपचार हुन्छ ।
मानसिक स्वास्थ्यमा प्रभाव परेको कसरी पहिचान गर्ने ?
– स-साना झर्किनु, आत्तिनु, रातभर ननिदाउनु, अरुको कुरा सुन्दै नसुनी आक्रामक हुन, उदास हुनु, केहीमा पनि मन नलाग्नु, निराशावादी हुनु, थाकेको अनुभव हुनु, अत्यधिक खाने वा खाँदै नखाने जस्ता लक्षण देखिन्छ । यीमध्ये धेरै लक्षण दैनिकीमा देखिए मानसिक समस्या भएको बुझिन्छ ।
मधुमेह भएकाले मानसिक स्वास्थ्य कसरी व्यवस्थापन गर्ने ?
– मानसिक रूपमा समस्या भइरहेको छ भने चिकित्सकलाई बताउनुपर्छ । ताकि, चिकित्सकलाई मधुमेह र मानसिक स्वास्थ्यमा परेका प्रभावलाई ध्यानमा राखी दुवै समस्याको समग्र रूपमा मूल्यांकन गर्न सहन होस् ।
May 25, 2025
सम््धित खबर

१८ वैशाख, काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम...

वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ,...

त्यसदिन ३०० आरोहीमध्ये ४० जनाले मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यही ४० मध्ये एक थिए,...

सिंगापुर, जेठ ७ गते । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्त...










