आजको मिति : /

मुटुरोगको जोखिम : पुरुष र महिलामा के अन्तर हुन्छ ?

May 25, 2025 | स्वास्थ्य

News

वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ, जुन सबै प्रकारका क्यान्सरबाट हुने महिलाको मृत्युभन्दा बढी देखिन्छ । महिलामा हुने मुटुरोगको अध्ययन, पहिचान, निदान र उपचार कम रहने प्रवृत्ति छ, जुन गम्भीर विषय हो ।

महिलामा मुटुरोगका केही लक्षण पुरुषमा देखिने लक्षण भन्दा पृथक् हुन सक्छन्, जसले गर्दा महिलामा प्राय: मुटुरोगको गलत निदान गरिन्छ । सर्वसाधारणका साथै स्वास्थ्यकर्मी दुवैमाझ महिलामा हुने मुटुरोगसम्बन्धी ज्ञान बढाउन अत्यन्त आवश्यक छ । मुटुका रक्तनली ‘आर्टरी’ ले पर्याप्त मात्रामा अक्सिजन रहेको रगत मुटुलाई प्रदान गर्न सकेन भने ‘कोरोनरी मुटुरोग’ नामक प्रकारको मुटुरोग हुने जोखिम हुन सक्छ । त्यस्तै, मस्तिष्कको एक भागलाई केही समयका लागि पर्याप्त मात्रामा रगत उपलब्ध हुन नसकेको अवस्थामा ‘मस्तिष्कघात’ (स्ट्रोक) अन्तर्गतको ‘ ईस्केमीक स्ट्रोक’ हुने जोखिम हुन्छ ।

अधिकांश विकसित देशमा महिलाको मृत्यु हुनुका दुई मुख्य कारण कोरोनरी मुटुरोग र मस्तिष्कघात हुन् । विभिन्न सञ्चारमाध्यमले महिलाको मृत्युको प्रमुख कारण ‘स्तन क्यान्सर’ रहेको कुरा त्रुटिगत रूपमा प्रकाशन प्रसारण गर्दै आएको पाइन्छ । यो गलत धारणा सम्बोधित हुनुपर्छ किनकि मुटुरोगको तुलनामा स्तन क्यान्सरबाट महिलामा हुने कुल मृत्युको संख्याको थोरै प्रतिशत मात्र पर्दछ । वि. सं. २०७९ सालमा विश्वभरि २३ लाख महिलामा स्तन क्यान्सरको निदान भयो र सोही साल ६ लाख ७० हजार महिलाको सोही कारणले मृत्यु भयो । 

May 25, 2025

सम््धित खबर

News Image स्वास्थ्य
अब स्वास्थ्य बीमामा स्थानीय तहमै ‘प्रस्थान विन्दु’, एक महिनामै सेवा लिन सकिने By TransparentHub - May 25, 2025

१८ वैशाख, काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम...

News Image स्वास्थ्य
मधुमेहले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ? By TransparentHub - May 25, 2025

शान्त रहने व्यक्ति अचानक सानो कुरामा रिसाउने, दिक्क हुने, झर्किने र अँध्यारो मुख लगाउने हुँदै गएमा ज...

News Image स्वास्थ्य
जापानबाट फर्किएकै दिन भत्कियो सपना, मृत्यु जितेर सर्वोच्च शिखरमा By TransparentHub - May 25, 2025

त्यसदिन ३०० आरोहीमध्ये ४० जनाले मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यही ४० मध्ये एक थिए,...

News Image स्वास्थ्य
मुटु रोग चाँडै पत्ता लगाउने प्रणाली विकास By TransparentHub - May 22, 2025

सिंगापुर, जेठ ७ गते । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्त...












News Categories
Offcanvas
Some text as placeholder. In real life you can have the elements you have chosen. Like, text, images, lists, etc.