नेपाललाई भारतीय हक्कीको सहयोग
May 23, 2025 | खेलकुद

काठमाडौँ, जेठ ८ गते । भारतीय हक्की सङ्घले नेपाल हक्की सङ्घलाई सहयोग स्वरूप खेल सामाग्री बिहीबार हस्तान्तरण गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्यसमेत रहेकी नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले समान ५/५ सय थान हक्की स्टिक र बल तथा प्रशिक्षण सामाग्री सहयोग स्वरूप प्राप्त भएको जानकारी दिनुभयो ।
एसियाली हक्की महासङ्घका उपाध्यक्ष एवं भारतीय हक्की सङ्घका महासचिव भोलानाथ सिंह, भारतीय हक्की सङघका कोषाध्यक्ष सेकर मनोहरण र भारतीय हक्की सङ्घका प्रबन्ध निर्देशक रविकान्त श्रीवास्तवसहित बिहीबार नेपाल आएको टोलीले सामाग्री हस्तान्तरण गरेको हो ।
टोलीले बिहीबारै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग पनि छुट्टाछुट्टै भेट गरेको छ ।
भेटका अवसरमा नेपालमा हक्कीको अवस्था, नेपालमा हक्कीको विकासका लागि मित्रराष्ट्र भारतको सहयोग, प्रशिक्षणलगायतका विषयमा छलफल भएको थियो ।
सञ्चार मन्त्री गुरुङले आगामी दिनमा पनि नेपालमा हक्कीको विकासका लागि भारतीय हक्की सङघको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिनुभयो ।
भारतीय पदाधिकारीले नेपाली खेलाडीको प्रशिक्षणका साथै भारतीय हक्की सङ्घले नेपालको हक्कीलाई उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
सो अवसरमा हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा, हक्कीका मुख्य प्रशिक्षक रञ्जन थापालगायतको उपस्थिति रहेको थियो ।
May 23, 2025
सम््धित खबर

अहमदाबाद — मिचेल मार्सको शतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार गु...

मधेश क्रिकेट लिग सिजन–१ अन्तर्गत बिहीबार वीरगन्जमा पर्सा र रौतहट विजयी भएका छन् । नारायणी क्रिकेट मै...

काठमाडौँ, जेठ ८ गते । युइएफए युरोपा लिगको उपाधि टोट्टनहामले जितेको छ ।सेभियाको घरेलु मैदानमा बुधबार...

काठमाडौँ, जेठ ८ गते । विभागीय टोली नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले पोखरामा बिहीबारदेखि...










