आजको मिति : /

एपिएफ र गण्डकीको सुखद सुरुवात

May 23, 2025 | खेलकुद

News

काठमाडौँ, जेठ ८ गते । विभागीय टोली नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले पोखरामा बिहीबारदेखि सुरु भएको नवौं प्रधानमन्त्री कप एनभिए लिगको लिगको पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । 

पोखरा रङ्गशालास्थित बहुउदेश्यीय कभर्ड हलमा भएको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो ।एपिएफले २५–१९, २५–१६, २५–१६ को सहज जित निकालेको हो । 

अर्को खेलमा गण्डकीले कोशी प्रदेश खेलकुद विकाश परिषद्लाई ३–१ सेटमा हरायो । गण्डकीले २५–१५, २१–२५, २५–२२, २५–२० को नतिजा निकालेको थियो । 

यस्तै महिलातर्फ एपिएफले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३–० तथा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको छ । 

जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ  हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलीस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब रूपन्देही सहभागी छन् । 

यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र कर्णाली प्रदेशले प्रतिष्पर्धा गर्ने छन् । 

राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा पुरुष र महिला दुवै विधामा विजेताले आठ लाख, दोस्रोले चार लाख र तेस्रोले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छ । 

यस्तै उत्कृष्ट लिब्रो, सरभर,ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकलाई जनही २५/२५ हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल भलिबल सङ्घले जनाएको छ । 


 

May 23, 2025

सम््धित खबर

News Image खेलकुद
मार्सको शतकमा गुजरातमाथि लखनउ हाबी By TransparentHub - May 23, 2025

अहमदाबाद — मिचेल मार्सको शतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार गु...

News Image खेलकुद
पर्सा र रौतहट विजयी By TransparentHub - May 23, 2025

मधेश क्रिकेट लिग सिजन–१ अन्तर्गत बिहीबार वीरगन्जमा पर्सा र रौतहट विजयी भएका छन् । नारायणी क्रिकेट मै...

News Image खेलकुद
टोट्टनहाम युरोपा लिग च्याम्पियन By TransparentHub - May 23, 2025

काठमाडौँ, जेठ ८ गते । युइएफए युरोपा लिगको उपाधि टोट्टनहामले जितेको छ ।सेभियाको घरेलु मैदानमा बुधबार...

News Image खेलकुद
नेपाललाई भारतीय हक्कीको सहयोग By TransparentHub - May 23, 2025

काठमाडौँ, जेठ ८ गते । भारतीय हक्की सङ्घले नेपाल हक्की सङ्घलाई सहयोग स्वरूप खेल सामाग्री बिहीबार हस्त...












News Categories
Offcanvas
Some text as placeholder. In real life you can have the elements you have chosen. Like, text, images, lists, etc.