पूर्वराष्ट्रपति दलबलसहित शनिवार चीन जाँदै, उच्चस्तरीय भेटवार्तासहितका कार्यक्रम
May 22, 2025 | राजनीति

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्। उनी साताव्यापी भ्रमणका लागि छिमेकी राष्ट्र चीन भ्रमणमा जान लागेकी हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा जेठ १० गते चीनको बेइजिङ जाने कार्यक्रम तय भएको हो। उनीसँगै भ्रमण दलमा एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, एमाले नेतृ गोमा देवकोटा तथा देवी भट्टचनलगायत रहेको उनीनिकट स्रोतले जनाएको छ।
भ्रमणमा क्रममा उनले बेइजिङमा चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्ने भएकी छन्। यसअघि उनी भदौमा चीन भ्रमणमा जाने तयारी भए पनि स्थगित भएको थियो।
आफू निकट एमालेका नेताहरूलाई साथमा लिएर चीन भ्रमणमा जानुले भण्डारी सक्रिय राजनीतिमा फर्कनु चाहेको बुझिएको छ।
May 22, 2025
सम््धित खबर

काठमाडौँ, जेठ ९ गते । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रक...

काठमाडौँ, जेठ ९ गते । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र...

काठमाडौँ, जेठ ९ गते । सरकारले रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन तीन व...

काठमाडौं : अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएक...










