आजको मिति :२०८२ जेष्ठ १८, शनिबार / १९:५६:४५

हल्लाप्रति नेपाली कांग्रेसको आपत्ति

May 23, 2025 | राजनीति

News

काठमाडौँ, जेठ ९ गते । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकृष्ट भएको बताउनुभयो ।

विज्ञप्तिमा उल्लेख छ, “कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । पार्टी सभापतिले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढङ्गले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो।”

“जो सुकैले यस्तो कार्य गरेको भए पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहो¥याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आमनागरिकलाई अपिल गर्दै अव्यक्त कुरा सञ्चार माध्यममा सम्प्रेषण नगर्न सञ्चारकर्मी मित्रहरूलाई आग्रह गर्दछ ।”

ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलब्धि सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र संवर्धन गर्दै नागरिकलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनुभएको विज्ञप्तिमा जनाइएको छ ।  

May 23, 2025

सम््धित खबर

News Image राजनीति
‘अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैङ्कले भूमिका खेल्छ’ By TransparentHub - May 23, 2025

काठमाडौँ, जेठ ९ गते । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र...

News Image राजनीति
आर्थिक सुधार प्रतिवेदन कार्यान्वयन गर्न ४०८ बुँदे कार्ययोजना By TransparentHub - May 23, 2025

काठमाडौँ, जेठ ९ गते । सरकारले रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन तीन व...

News Image राजनीति
पूर्वराष्ट्रपति दलबलसहित शनिवार चीन जाँदै, उच्चस्तरीय भेटवार्तासहितका कार्यक्रम By TransparentHub - May 22, 2025

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्। उनी साताव्यापी भ्रमणका लागि छिमेकी रा...

News Image राजनीति
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या By TransparentHub - Feb 25, 2025

काठमाडौं : अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएक...












News Categories
Offcanvas
Some text as placeholder. In real life you can have the elements you have chosen. Like, text, images, lists, etc.