‘अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैङ्कले भूमिका खेल्छ’
May 23, 2025 | राजनीति

काठमाडौँ, जेठ ९ गते । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालासँगको छलफलका आधारमा मौद्रिकलगायत केन्द्रीय बैङ्कका नीति तय गरिने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग गभर्नर डा. पौडेलले केन्द्रीय बैङ्कका निर्णय पूर्वानूमानयोग्य हुने बताउनुभयो । “निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णय पूर्वानूमानयोग्य हुनु पर्दछ । बैङ्किङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नुभन्दा सरोकारवालासँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हा,” उहाँले भन्नुभयो । गभर्नर पौडेलले राष्ट्र बैङ्कले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताउनुभयो ।
नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले केन्द्रीय बैङ्कलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले राष्ट्र बैङ्कले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताउनुभयो । “चालु आवमा कर्जाको ब्याजदर न्यून हुँदासमेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैरमौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । नीतिगत अस्थिरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थिर नीतिको माग गरिरहेका छौँ । केन्द्रीय बैङ्कका नीति पनि स्थिर हुन आवश्यक छ,” अध्यक्ष ढकालले भन्नुभयो ।
उहाँले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनुपर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनुपर्ने सुझाव दिनुभयो । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन रहेको हुँदा यसलाई क्षेत्र हेरी सहज बनाउनुपर्ने बताउनुभयो ।
महासङ्घले विगत वर्षमा उच्च ब्याजदरका कारण व्यवसायी एवं सर्वसाधारणसमेतले कर्जाको किस्ता तिर्न नसक्दा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गर्भनरलाई दिएको छ ।
सो अवसरमा महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हँुदा पनि देशको समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुने गरी केन्द्रीय बैङ्कले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
यस्तै वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैङ्कमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको ब्याजमा अन्तर गर्नुपर्ने सुझाव दिनुभयो । सो अवसरमा महासङ्घका उपाध्यक्षहरू हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यले केन्द्रीय बैङ्कले अवलम्बन गर्ने मौद्रिक उपकरण बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाव दिनुभयो ।
प्रतिनिधिमण्डलले गभर्नर पौडेललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाई तत्काल लागु गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताका आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्नेलगायतका सुझाव दिएको छ ।
May 23, 2025
सम््धित खबर

काठमाडौँ, जेठ ९ गते । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रक...

काठमाडौँ, जेठ ९ गते । सरकारले रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन तीन व...

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्। उनी साताव्यापी भ्रमणका लागि छिमेकी रा...

काठमाडौं : अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएक...










