भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु
May 22, 2025 | सूचना प्रविधि

रायपुर, जेठ ७ गते । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएका छन् । उपमुख्यमन्त्री अरुण साओले सन् २०२६ को मार्चसम्ममा छत्तीसगढलाई ‘नक्सलवादी समूह’ मुक्त बनाउन सुरक्षा बलले लगनशीलताका साथ काम गरिरहेको छत्तीसगढको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएको पुष्टि गर्नुभयो ।
उहाँले एएनआईसँग भन्नुभयो, “राज्यमा हाम्रो सरकार बनेपछि बस्तरलाई नक्सलमुक्त बनाउने कार्यक्रम चलिरहेको छ । नारायणपुरमा भएको मुठभेडमा दुई दर्जनभन्दा बढी नक्सलवादी मारिएका छन् ।”
छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले नारायणपुर जिल्लाको अबुझमाडको जङ्गलमा सुरक्षा बल र नक्सलवादीबीच भएको मुठभेडमा कम्तीमा २६ जना नक्सलवादी मारिएको बताउनुभयो ।
एएनआईसँग कुरा गर्दै उपमुख्यमन्त्रीले मुठभेडको क्रममा एक सैनिक घाइते भएको पुष्टि गर्नुभयो भने मुठभेडमा भएको थप क्षतिबारे जानकारी सङ्कलन भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुरक्षा फौजको कारबाहीमा २६ जनाभन्दा बढी नक्सलवादी मारिएका छन्। मुठभेडका क्रममा एक सहयोगीको मृत्यु भएको छभने एक जवान घाइते भएका छन् । घाइते जवानको उपचार भइरहेको र उनी खतरामुक्त रहेका छन् ।”
May 22, 2025
सम््धित खबर

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य...

मुलुकभर करिब ५६ हजारको हाराहारीमा गैरसरकारी संस्था समाज कल्याण परिषद्सँग आबद्ध छन् । तीमध्ये भन्डै १...

एथेन्स, जेठ ८ गते । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी...

काठमाडौँ, जेठ ७ गते । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी...










