यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
May 22, 2025 | सूचना प्रविधि

काठमाडौँ, जेठ ७ गते । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । बुधबार विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् ।
विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताउनुभयो । उहाँले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । मौसमविद् पोख्रेलले यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताउनुभयो । उहाँले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराउनुभयो ।
यस्तै, उहाँले यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मनसुन ऋतुको वर्षाको आकलन चाहीँ यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ । यस्तै, यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । यो पनि ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ । मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि यस वर्ष पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।”
विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताउनुभयो । उहाँले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने बताउनुभयो । उहाँले यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकाले तयारी अवस्थामा बस्नुपर्ने जानकारी दिनुभयो ।
यस्तै, उहाँले मनसुन अगावै तयारी अवस्थामा रहेको खण्डमा धनजनको जोखिमलाई न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने, १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनमा हुने हुनाले हामी यसका लागि तयारी भएर बस्नुपर्ने हुन्छ । यो बेलामा पहिरो जाने, बाढी आउने, धेरै जोखिम हुने, धनजनको क्षति हुने र धेरै विपद् आइपर्ने भएकोले यसको लागी तयार भएर बस्नुपर्ने हुन्छ । हामीले अगाडी नै एक्शन लियौँ भने ज्यान, धनको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।”
जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र दुई सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ ।
May 22, 2025
सम््धित खबर

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य...

मुलुकभर करिब ५६ हजारको हाराहारीमा गैरसरकारी संस्था समाज कल्याण परिषद्सँग आबद्ध छन् । तीमध्ये भन्डै १...

रायपुर, जेठ ७ गते । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सल...

एथेन्स, जेठ ८ गते । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी...










