परेश रावल बाहिरिएपछि अन्योलमा ‘हेरा फेरी ३’
May 23, 2025 | मनोरञ्जन

काठमाडौँ — फिल्म ‘हेरा फेरी ३’ बाट अभिनेता परेश रावल बाहिरिएपछि बलिउड फिल्म क्षेत्रमा यतिबेला हलचल मच्चिएको छ। परेश रावलले सामाजिक सञ्जालमार्फत् आफू उक्त फिल्ममा नरहने जानकारी समेत दिएका थिए। फिल्मका मुख्य पात्रमध्येका एक अभिनेता सुनील शेट्टीले यसबारे केही प्रतिक्रिया दिँदै भनेका थिए, ‘परेश रावल बिना यो फिल्म बनाउनु सम्भव छैन ।’ ‘हेरा फेरी’को पहिलो भाग निर्देशन गरेका प्रियदर्शनले पनि परेश रावलको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् । अभिनेता अक्षय कुमारका कदमका कारण फिल्ममा झन् विवाद बढेको छ । फिल्म छोडेकै कारण अक्षय कुमारले परेश रावललाई २५ करोड रुपैयाँको कानुनी नोटिसल समेत पठाए ।
सन् २००० मा पहिलो पटक रिलिज भएको ‘हेरा फेरी’मा मुख्य भूमिकामा परेश रावल, अक्षय कुमार र सुनील शेट्टी थिए । फिल्म अत्यन्तै हिट भएपछि सन् २००६ मा यसको सिक्वेल ‘फिर हेरा फेरी’ आएको थियो ।
लल्लनटपलाई दिएको अन्तर्वार्तामा परेश रावलले ‘हेरा फेरी’मा आफ्नो भूमिकालाई ‘गालाको पासो’ भनेका थिए । उनले सिक्वेलहरू बनाएपछि आफूलाई त्यस छविबाट छुटकारा चाहिएको पनि बताएका थिए ।
May 23, 2025
सम््धित खबर

काठमाडौँ — नाकाबन्दीका कारण फलफूल र तरकारी कन्टेनरमै कुहिएर ठूलो आर्थिक क्षति बेहोरेका व्यवसायी आफ्न...

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गेसँगै पहिलोपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका सर एडमन्ड हिलरी भन्थ...










