आजको मिति : /

कोभिड र आर्थिक मन्दीले पिल्सिएका व्यवसायीको कथा 'के घर के डेरा : घर नं २'

May 23, 2025 | मनोरञ्जन

News

काठमाडौँ — नाकाबन्दीका कारण फलफूल र तरकारी कन्टेनरमै कुहिएर ठूलो आर्थिक क्षति बेहोरेका व्यवसायी आफ्नो महलबाट भाडाको कोठामा संघर्ष गर्छन् । ऋण तिर्न घर बेचेर कोठामा बसेका उनी आफूलाई अरूले दिनुपर्ने उधारो रकम नदिँदा भने पटक-पटक पीडाले छटपटाउँछन् । कतिसम्म भने उनी आत्मदाहको प्रयाससम्म गर्छन् । यो फिल्म ‘के घर के डेरा : घर नं २’ को कथा हो ।

कथा यति मात्रै छैन, पछिल्लो समय नेपालले भोगेको आर्थिक मन्दी र त्यसले व्यवसायमा पारेको प्रभावलाई फिल्मको कथाले बोकेको छ । नाकाबन्दी, कोभिड-१९ र त्यसपछि उत्पन्न आर्थिक मन्दी, बस दुर्घटना, एक व्यवसायीले बानेश्वरमा गरेको अत्मदाह, मिटरब्याज, अश्लील सामग्री पठाएर गरिने साइबर क्राइमजस्ता देशका पछिल्ला प्रतिनिधि आर्थिक र सामाजिक घटना वरिपरि फिल्मको कथा बगिरहन्छ ।

घरबेटीको भूमिकामा छन् आ र्यन सिग्देल । कोभिड र आर्थिक मन्दीअघिसम्म राम्रोसँग चलेको ट्राभल व्यवसाय डुबेर घर नै लिलाम हुने स्थिति कसरी सिर्जना हुन्छ र त्यसले घर परिवारमा कस्तो किसिमको असर पुगेको छ भन्ने दृश्य फिल्ममा देखाइएको छ ।

May 23, 2025

सम््धित खबर

News Image मनोरञ्जन
परेश रावल बाहिरिएपछि अन्योलमा ‘हेरा फेरी ३’ By TransparentHub - May 23, 2025

काठमाडौँ — फिल्म ‘हेरा फेरी ३’ बाट अभिनेता परेश रावल बाहिरिएपछि बलिउड फिल्म क्षेत्रमा यतिबेला हलचल म...

News Image मनोरञ्जन
शेर्पा बिर्सिएर ‘सगरमाथा संवाद’ By TransparentHub - Feb 25, 2025

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गेसँगै पहिलोपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका सर एडमन्ड हिलरी भन्थ...












News Categories
Offcanvas
Some text as placeholder. In real life you can have the elements you have chosen. Like, text, images, lists, etc.