आजको मिति : /

त्रिविमा आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गर्न सर्वोच्चको रोक

May 25, 2025 | शिक्षा

News

काठमाडौँ — सर्वोच्च अदालतले आन्तरिक प्रतिस्पर्धाबाट प्राध्यापक, कर्मचारी नियुक्ति गर्न त्रिभुवन विश्वविद्यालयलाई रोक लगाएको छ । २०८१ फागुन ६ को फैसलामा सर्वोच्चले त्रिविलाई खुला प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक, कर्मचारीको छनोट र नियुक्ति गर्ने व्यवस्था गर्न परमादेश दिएको थियो । सर्वोच्चको आदेशको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको हो । पदपूर्तिसम्बन्धी कानुनी व्यवस्था गर्दा खुला प्रतिस्पर्धालाई साँघुरो र निष्प्रभावी बनाउने गरी कुनै प्रावधान नराख्न, स्वच्छ/स्वस्थ प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवश्यक निर्णय गर्न पनि सर्वोच्चले आदेश दिएको छ । आन्तरिक प्रतिस्पर्धाबाट प्राध्यापक, कर्मचारी नियुक्त गर्न त्रिविले गरेको प्रयासलाई सर्वोच्चले रोक लगाउँदै त्यस्तो कार्य नदोहोर्‍याउन आदेश दिएको हो ।

न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष परिस्थितिमा एक पटकसम्म आन्तरिक प्रतिस्पर्धा गर्न सकिने भए पनि पटकपटक त्यस्तो अभ्यास दोहोर्‍याउन नमिल्ने निष्कर्ष निकालेको छ । त्रिविले यसअघि २०७६ सम्म ३ पटकभन्दा बढी आन्तरिक प्रतिस्पर्धाबाट प्राध्यापक र कर्मचारी पदपूर्ति गरिसकेको छ ।

२०७७ फागुन ९ मा त्रिवि सेवा आयोगले खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक पदपूर्तिसम्बन्धी विज्ञापन गरेको थियो । २०७८ असोज १८ मा विशेष कारण देखाउँदै परीक्षा स्थगित गरिएको थियो । सोही वर्ष मंसिर १४ मा त्रिवि सभाबाट शिक्षक–कर्मचारी सेवासम्बन्धी नियम २०५० संशोधन गरी शिक्षकतर्फ उपप्राध्यापक पदमा र कर्मचारीतर्फ सहायक स्तर प्रथम र द्वितीयस्तरका पदमा अस्थायी वा करार सेवामा १० वर्ष काम गरेका शिक्षक वा कर्मचारीले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी विशेष अन्तरिक खुला प्रतिस्पर्धा गर्न सकिने व्यवस्था गरेको थियो । जतिबेला कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपकुलपति धर्मकान्त बाँस्कोटा थिए ।

May 25, 2025

सम््धित खबर

News Image शिक्षा
मेरिटोक्रेसीमा त्रिविमा उपकुलपति नियुक्ति गर्न नेविसंघको माग By TransparentHub - May 25, 2025

राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्ति नगर्न नेविसंघ त्रिवि इकाई समितिले आग्रह गरेको हो । सभाप...

News Image शिक्षा
विद्यालय शिक्षा विधेयक सबै बुँदामा सहमति By TransparentHub - May 25, 2025

काठमाडौँ, जेठ ४ गते । विद्यालय शिक्षा विधेयकमा चर्चित र धेरैको चासो रहेका सबैजसो बुँदामा सहमति जुटेक...

News Image शिक्षा
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै By TransparentHub - May 25, 2025

काठमाडौँ, जेठ ११ गते । माध्यमिक तहमा शिक्षक अभावको समस्या समाधान गर्न सरकारले एउटै शिक्षकबाट दुई वटा...












News Categories
Offcanvas
Some text as placeholder. In real life you can have the elements you have chosen. Like, text, images, lists, etc.