ग्वार्को ओभरपास जेठभित्रै बनिसक्ने
May 25, 2025 | समाज

काठमाडौँ — दुई वर्षभित्रै काम सक्ने गरी २०७८ फागुनमा निर्माण थालिएको ग्वार्को ओभरपास त्योभन्दा १५ महिना बढी अवधि लगाएर यही जेठभित्र सक्ने गरी अन्तिम चरणको काम भइरहेको छ । ओभरपास बनिसकेपछि त्यसमा सडक सुरक्षासम्बन्धी काम सकेर असार पहिलो सातादेखि सवारीसाधन सञ्चालनमा ल्याउने सडक विभागको तयारी छ । चार लेनको यो ओभरपास ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८५ मिटर लामो छ, जहाँ यतिखेर धमाधम कालोपत्र भइरहेको छ । शनिबार कोटेश्वरतर्फ पहिलो तहको कालोपत्र सुरु भएको छ । यस खण्डमा चार तहको कालोपत्र गरिनेछ । सातदोबाटोतर्फ पनि एक साताभित्रै कालोपत्र थाल्ने गरी बेस राख्ने काम भइरहेको निर्माणमा संलग्न आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्की बताउँछन् ।
सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीका अनुसार यही महिनाभित्र निर्माणका सबै काम सकिनेछ । ‘अब धेरै काम बाँकी छैन,’ उनले भने, ‘सकिएलगत्तै ओभरपासबाट सवारी सञ्चालन गर्छौं ।’ अहिलेसम्म निर्माण प्रगति ८५ प्रतिशत छ । आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा यसको ठेक्का लिएको हो ।
May 25, 2025
सम््धित खबर

अहिले नेपालका अधिकांश क्षेत्रमा मकै फल दिने बेला भइसकेको छ । गराहरूमा मकैका बोट अग्ला भइसकेका छन् भन...

धर्बेन्द्र झा जनकपुरधाम, जेठ ७ गते। मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश...










